नेपालको पहिलो विकेट गयो, आशिफ शेख क्याचआउट

0

एमसीसीविरुद्धको खेलमा १९० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा रहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालको ओपनिङमा आशिफ शेख र कुशल भुर्तेल गएका थिए ।

दोस्रो ओभरको चौथो बलमा आशिफ शेख ब्यक्तिगत चार रन बनाएर आउट भए । उनी ओलिभर हान्नोल डाल्बीबाट क्याचआउट भएका थिए । आशिफको स्थानमा अमित श्रेष्ठ क्रिजमा गएका छन् ।

यसअघि एमसीसीले २० ओभरमा सात विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

एमसीसीका लागि विल गोडलम्यानले ५४ रनको अर्धशतकीय योगदान दिए भने एड योङले ४२ रन बनाए । त्यस्तै माइल्स हाम्मोन्डले २९ रन बनाए ।

बलिङतर्फ राशिद खानले तीन विकेट लिए भने कमल सिंह ऐरी, जितेन्द्र मुखिया रु सुशन भारीले एक एक विकेट हात पारे ।

Post Add 1025X115
Loading...