एमसीसीले नेपाललाई दियो १९० रनको लक्ष्य

0

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब र नेपालको मिश्रित टिमबीच अहिले टि–२० खेल भइरहेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा यू–१९ र सिनियर खेलाडी समावेश छन् । टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले नेपाललाई १९० रनको लक्ष्य दिएको छ ।

एमसीसीले २० ओभरमा सात विकेट गुमाउँदै १८९ रन बनाएको थियो । एमसीसीका लागि विल गोडलम्यानले ५४ रनको अर्धशतकीय योगदान दिए भने एड योङले ४२ रन बनाए । त्यस्तै माइल्स हाम्मोन्डले २९ रन बनाए ।

बलिङतर्फ राशिद खानले तीन विकेट लिए भने कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अभिनाष बोहरा र सुशन भारीले एक एक विकेट हात पारे ।

Post Add 1025X115
Loading...