साग खेल्ने महिला फुटबल टोलीमा को को परे ?

0

आशन्न दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला टोलीको घोषणा भएको छ ।

प्रतियोगिता शुरु हुने तीन साताको समय बाँकी रहेको अवस्थामा प्रशिक्षक हरि खड्काले २० सदस्यिय टिमको नामावली सार्वजनिक गरेका हुन् । दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि १० तारिकसम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।
महिला फुटबल पोखरामा संचालन हुने बताइएको छ ।

नेपाली टिममा रहेका अधिकांस सदस्य गत वर्ष विराटनगरमा भएको साफ च्याम्पियनसिप खेलेका रहेका छन् ।

नेपाली टिम यस प्रकार छः

गोलकिपरः एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः गिता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीरा कुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पूजा राना
मिडफिल्डरः रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मञ्जली कुमारी योञ्जन, विमला चौधरी
फरवार्डः सावित्रा भण्डारी, निरु थापा, अनिता केसी ।

Post Add 1025X115
Loading...