सागका लागि नेपाली महिला फुटबल टिमको घोषणा

0

आसन्न सागका लागि नेपाली महिला फुटबल टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेको हुन् ।

टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी परेका छन् । यस्तै डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना रहेका छन् ।

मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् ।

गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर उषा नाथ छन् ।

महिला टिमको सहायक प्रशिक्षक अरुणा गुरुङ र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

Post Add 1025X115
Loading...