प्रिमियर लिगमा चेल्सीसहित टाेटनह्याम र आर्सनलकाे लक्ष्य तीन अ‌ङ्क जाेड्ने

0

इंग्लिस प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेससँग खेल्दैछ भने टोटनह्यामले सेफिल्डसँग र आर्सनलले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगको चौथो स्थानमा रहेको चेल्सी आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । आजको खेलमा चेल्सीका जोर्गिन्हो टिममा हुने छैनन् ।

उनी अघिल्लो खेलमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरीएका थिए । जसका कारण उनी आजको खेलमा टिममा हुने छैनन् । यस्तै उसका माउन्ट पनि घाइते रहेका छन भने बारक्ले पनि चोटग्रस्त छन ।

यता क्रिस्टलको टिममा पनि चाहिल, टाउनसेन्डलगायत ६ जना खेलाडी घाइते रहेका छन ।

आज नै टोटनह्यामले सेफिल्डसँग खेल्दैछ भने लेस्टरले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । टोटनह्यामको ११ खेलमा १३ अंक छ भने सेफिल्डको समान खेलबाट १६ अंक छ । यस्तै आर्सनलले लेस्टर विरुद्ध खेल्दा दुबैको लक्ष्य जित नै हुनेछ । लेस्टर हाल लिगको तेस्रो स्थानमा रहेको छ आर्सनल पाँचौ स्थानमा छ ।

Post Add 1025X115
Loading...