प्रिमियर लिगमा वाट्फोर्डको पहिलो जित

0

इंग्लिस प्रिमियर लिगको १२औं चरणमा आएर वाट्फोर्डले पहिलो जित हात पारेको छ । वाट्फोडेले रेलिगेशन जोनको अर्को टोली नर्विच सिटीलाई २–० ले हराएर पुछारबाट तेस्रो स्थानमा उक्लियो ।

नर्विचको मैदानमा भएको खेलको ७६ सेकेण्डमा जेरार्ड डेउलोफुको गोलबाट वाट्फोर्डले अग्रता लिएको थियो । ५२औं मिनेटमा आन्द्रे ग्यारीले गोल गरेपछि वाट्फोर्डले जितको स्वाद चाख्न पायो ।

६५औं मिनेटमा वाट्फोर्डका क्रिष्टियन काबासेलेले दोहोरो पहेँलो कार्ड पाउँदा बाँकी २५ मिनेट १० खेलाडीमा सिमिति हुन प¥यो । तर, नर्विचले गोल भने गर्न सकेन ।

Post Add 1025X115
Loading...