प्रथम एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल शनिबारदेखि, नेपालको खेल आइतबारमात्रै 

0

ढाका, २२ कात्तिक । बंगलादेशमा शनिबारदेखि प्रथम एभीसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिप भलिबल प्रतियोगिता शुरुहुँदै छ । प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र कीर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत शनिबार उद्घाटन समारोह अगाडि नेपाली समय अनुसार दिउँसो सवा १ बजे कीर्गिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेलपछि उद्घाटन समारोह चल्ने र सवा ४ बजेपछि अफगानिस्तान र घरेलु टोली बंगलादेश आमने सामने हुने छन् ।

नेपालले पहिलो खेल भने आइतबार मात्रै खेल्ने छ ।  नेपालले आइतबार दिउँसो सवा १ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।  यस प्रतियोगितामा स्वर्ण पदक जित्ने लक्ष्यसहित बंगलादेश आएको नेपाली टिमले नियमित अभ्यासलाई पनि निरन्तरता दिएको छ ।

आसन्न सागको तयारीमा समेत रहेको नेपाली टिमले यो प्रतियोगितालाई अभ्यास खेलका रुपमा लिँदै स्वर्ण पदक जित्ने लक्ष्य लिएको छ । तुलनामात्मक रुपमा नेपाली टिम अन्य टिमभन्दा बलियो पनि मानिएको छ ।

नेपाली टिमका प्रशिक्षा जग्दीश भट्टले नेपाली टिमले सागलाई समेत तयारी गरिरहेको बताए । यो प्रतियोगितामा नेपाली टिम स्वर्ण पदक जित्ने लक्ष्यसहित बंगलादेश आएको पनि बताए ।

Post Add 1025X115
Loading...