पाकिस्तान विरुद्दकाे टी-२० सिरीजमा अष्ट्रेलियाकाे कब्जा

0

पाकिस्तान विरुद्धको तेस्रो टी २० खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरीज दुई शुन्यले जितेको छ ।

पर्थमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर एक सय ६ रन बनायो उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा इफ्तिकार अहमदले ४५ तथा इमाम उल हकले १४ रन बनाए ।

बाँकी खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । बलिङमा अष्ट्रेलियाका किमी रिचार्डसनले तीन तथा मिचेल स्टार्क र सिन एबोटले दुई दुई विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले ११ ओभर पाँचमा विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अष्ट्रेलियाको जितमा डेविड वार्नरले ४८ तथा आरोन फिन्चले ५२ रन बनाए । यी दुई बिचको पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा अष्ट्रेलिया विजयी भएको थियो ।

Post Add 1025X115
Loading...