सागमा भारत र पाकिस्तानले क्रिकेटमा भाग नलिने

0

आसन्न दक्षिण एसियाली खेलकुद सागमा क्रिकेट खेलमा भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका छन । दुई देशको आपसी राजनितीक खिचातानीले क्रिकेटमा पाकिस्तान र भारतले सागमा सहभागिता नजनाउने भएका हुन ।

स्वर्णका दावेदार टिमले यसपटकको सागमा क्रिकेट खेलको नाम दर्ता गराएका छैनन । भारतले यसअघि नै नखेल्ने बताएपनि पाकिस्तानले खेल दर्ता गर्ने अन्तिम सूचीसम्म यो खेललाई समावेश गरेन । जसका कारण क्रिकेटमा पाँच देशको मात्र सहभागिता हुने भएको छ ।

यसका साथै यसपटकको सागमा भारत र पाकिस्तान ११ खेलमा मात्र आमनेसामने हुनेछन । यसको अर्थ दुबै देशले दर्ता गरेको खेलको सूचीमा ११ खेल समान परेका छन । भारत र पाकिस्तानले सुरक्षाका कारणले पनि सागमा सहभागिता नजनाएको बताइएको छ ।

सागको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठक भोलीबाट सुरु हुँदैछ । जसमा प्रतियोगिताको मितीका बारेमा विशेष छलफल हुनेछ । बुझिएअनुसार सागको मिती सार्ने की भन्नेमा पनि छलफल हुनेछ । डिसेम्बर एक देखि १० तारिखसम्म हुने प्रतियोगिताका लागि नेपालले तयारीको क्रम जारी राखेको छ । यस्तैमा बैठकका लागि सबै देशका पदाधिकारी नेपाल आएका छन ।

Post Add 1025X115
Loading...