रियल मड्रिड आउनुअघि लिभरपुलको प्रस्तावलाई अस्विकार गरेका थिए रोड्रिगोले

0

रियल मड्रिडमा अहिले रोड्रिगो गोइजको चर्चा भइरहेको छ । उनले केही समयअघि भएको गलातसारेबिरुद्धको खेलमा ह्याट्रिक गरेका थिए ।

त्यही समयदेखि रोड्रिगोको चर्चा चुलिएको हो । तर रियल मड्रिडमा अहिले चम्किरहेका रोड्रिगोलाई रियलमा अनुबन्धित हुनुअघि लिभरपुलले अनुबन्धित गर्नका लागि प्रस्ताव गरेको थियो । तर उक्त प्रस्ताव रोड्रिगोले अस्विकार गरिदिएका थिए ।

रियल मड्रिडले २०१८ मा ब्राजिलियन स्टार रोड्रिगोलाई ४५ मिलियन पाउन्डमा सान्टोस क्लबबाट अनुबन्धित गरेको थियो । सान्टोसका प्रशिक्षक एलानो ब्लुमरका अनुसार रियल आउनु अघि रोड्रिगो लिभरपुलसँग सम्झौता नजिक पुगेका थिए ।

‘जब रोड्रिगो जुनियर टिममा थिए लिभरपुलले उनलाइृ अनुबन्धित गर्नका लागि धेरै चाहेका थिए । तर रकम पर्याप्त नभएका कारण उनले सम्झौता स्विकारेनन्’ ब्लुमरले भने ।

‘त्यसपछि उनका लागि रियल मड्रिडबाट प्रस्ताव आयो र उनी रियलमा अनुबन्धित भए’

साथै ब्लुमरले रोड्रिगो फुटबलमा सानैदेखि राम्रो भएको ठुलो भएपछि उत्कृष्ट खेलाडी बन्ने सोचेको बताएका थिए ।

Post Add 1025X115
Loading...