एमसीसीसँग नेपाल २०८ रनले पराजित

0

एमसीसी विरुद्धको तीन दिवसिय खेलमा नेपालले २०८ रनकाे हार ब्यहाेरेकाे छ । पहिलो इनिङमा पनि ध्वस्त ब्याटिङका कारण न्यून रनमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि खराव ब्याटिङ गर्याे । जसका कारण नेपाल एक सय ८४ रनमा अलआउट भयाे ।

नेपालका लागि साेमपाल कामीले सर्वाधिक ५१ रन बनाए भने राजु रिजालले ३१  र सन्दिप लामिछानेले २५ रन बनाए ।

कीर्तिपुर क्रिकेट मैदानमा नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालको स्कोर २४ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ६ रनमा आउट भए । त्यसपछि राजु रिजाल पनि ब्यक्तिगत ३१ रनमा पेभेलियन फर्किएपछि नेपालले ५२ रनमा दोस्रो विकेट गुमायो । शरद भेषवाकर १५ रनमा आउट भएका छन । त्यसपछि क्रिजमा गएका दिपेन्द्रसिंह ऐरी खाता खोल्न नपाउँदै आउट भए । जसका कारण नेपालले ६९ रनमा चौथो विकेट खेर फाल्यो ।

नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । पहिलो पारीमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारीले पनि खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले पाँचौ विकेट गुमायो । जसका कारण नेपालले ७० रनमा ५ विकेट खेर फाल्यो । लगत्तै आरिफ शेख १८ रनमा आउट भएपछि नेपालले ७८ रनमा छ विकेट गुमायाे । त्यसकाे लगत्तै पवन सराफपनि डकआउट भएपछि नेपालले आठाै‌ विकेट खेर फाल्याे ।

नेपालकाे विकेट झर्ने क्रम यतिमा राेकिएन, करण केसी १८ रनमा पेभेलियन फर्किदा नेपालले एक सय २४ रनमा ८ विकेट गुमायाे । त्यसपछि सन्दिप लामिछाने २५ रनमा आउट भएपछि नेपालले १७४ रनमा ९ विकेट गुमायाे । अन्तत नेपाल एक सय ८४ रनमा अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले अर्धसतकीय पारी खेले । उनले ५१ रनकाे पारी खेले ।

एमसीसीले पहिलो पारीमा तीन सय ६४ रन बनाएको थियो । जवाफमा नेपाल एक सय ५३ रनमा अलआउट भएको थियो । त्यसपछि एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो । तर नेपाल दुबै पारीमा असफल बन्याे ।

 

Post Add 1025X115
Loading...