जाल्टन इब्राहिमोभिक एसी मिलानमा अनुबन्धित हुने तयारीमा

0

आफ्नो बर्तमान क्लबसँगको सम्झौता सकिन केही समय बाँकि रहँदा एलए ग्यालेक्सिका स्ट्राइकर तथा चर्चित फलुटबलर जाल्टन इब्राहिमोभिक एसी मिलान आउने तयारीमा रहेको बताइएको छ ।

स्विडेनका स्ट्राइकर जाल्टन फुटबलमा निकै प्रिया नाम हो । उमेर ढल्किए पनि फुटबल खेल्ने चहाना राखेका जाल्टनले धेरै ठुला क्लबहरुमा

रहेर खेलीसकेका छन् ।
मेजर लिग सोसरका अध्यक्ष डोन गर्बरका अनुसार केही समयमा एलए ग्यालेक्सिसँगको सम्झौता सकिएपछि जाल्टन एसी मिलानमा अनुबन्धित हुनेछन् ।

जाल्टन २०१२ मा पीएसजीबाट एलए ग्यालेक्सिमा अनुबन्धित भएका थिए । ‘जाल्टन साच्चै राम्रो खेलाडी हुन् । उनले सबैको मन जितेका छन्’ गर्बरले भने ।
साथै गर्बरले जाल्टन विश्वकै उत्कृष्ट क्लबमध्ये एकमा जान लागेकाले उनको बाँकि करियर राम्रो हुने दाबि गरे ।

जाल्टन २०१८–१९ को सिजनमा सर्बाधिक ५३ गोल गर्दे मेजर लिग सोसर खेलाडीको उपाधि जितेका थिए । गर्बरले जाल्टनलाई डेबिट बेख्यामसँग तुलना गरेका थिए ।

बेख्यमाले एलए ग्यालेक्सिमा ५ वर्ष बिताएका थिए र अहिले आफ्नो क्लब इन्टर मिआमी स्थापित गर्दैछन् । जुन क्लबले २०२० देखि मेजर लिगमा डेब्यु गर्दैछ ।

Post Add 1025X115
Loading...