३९३ रनकाे लक्ष्य पक्ष्याएकाे नेपाल सुरूवातमा नै दबावमा (स्काेरकार्डसहित)

0

एमसीसी विरुद्धको तीन दिवसिय खेलमा तीन सय ९३ रनको लक्ष्य पक्ष्याएको नेपालले खराव सुरुवात गरेको छ । पहिलो इनिङमा पनि ध्वस्त ब्याटिङका कारण न्यून रनमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि तीन विकेट गुमाइसकको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालको स्कोर २४ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ६ रनमा आउट भए । त्यसपछि राजु रिजाल पनि ब्यक्तिगत ३१ रनमा पेभेलियन फर्किएपछि नेपालले ५२ रनमा दोस्रो विकेट गुमायो । शरद भेषवाकर १५ रनमा आउट भएका छन । त्यसपछि क्रिजमा गएका दिपेन्द्रसिंह ऐरी खाता खोल्न नपाउँदै आउट भए । जसका कारण नेपालले ६९ रनमा चौथो विकेट खेर फाल्यो ।

नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । पहिलो पारीमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारीले पनि खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले पाँचौ विकेट गुमायो । जसका कारण नेपालले ७० रनमा ५ विकेट खेर फाल्यो ।

एमसीसीले पहिलो पारीमा तीन सय ६४ रन बनाएको थियो । जवाफमा नेपाल एक सय ५३ रनमा अलआउट भएको थियो । त्यसपछि एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो ।

स्काेर अपडेटका लागि यहाँ क्लिक गर्नुहाेला

Post Add 1025X115
Loading...