गल्लार्दो बार्सिलोनाको नयाँ प्रशिक्षक नियुक्त हुन सक्ने

0

नयाँ सिजनमा बार्सिलोनाको खराब प्रदर्शन सँगै बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेमाथि निकै दबाब बढिरहेको छ ।

समर्थक तथा खेलाडीहरु समेत उनीदेखि रुष्ट भएका छन् । यस्तैमा भाल्भर्डे भने बार्सिलोनाको हारमा आफ्नो गल्ति स्विकार्न चहाँदैनन् । त्यस्तै भाल्भर्डेमाथि परेको दबाबलाई लिएर पुर्व खेलाडी तथा चिलिका प्रशिक्षक क्लाउडिओ बोर्घिले बार्सिलोनाको नयाँ प्रशिक्षक आउँदो डिसेम्बरसम्म टुंगो लाग्ने धारणा ब्यक्त गरेका छन् ।

उनले आउँदो डिसेम्बर सम्ममा अर्जेन्टिना तथा रिभर प्लेट्का प्रशिक्षक मार्सेलो गल्लार्दो बार्सिलोनाको नयाँ प्रशिक्षकको रुपमा नियुक्त हुन सक्ने बताएका छन् ।

‘गल्लार्दो अउँदो डिसेम्बरमा बार्सिलोनाको प्रशिक्षकका रुपमा नियुक्त हुनेछन् । उनी विश्वको उत्कृष्ट प्रशिक्षकहरुमध्ये एक हुन’ बोर्घिले भने ।

रिभर प्लेटका अध्यक्ष रोडाल्फोले पनि बार्सिलोना र गल्लार्दोले चाहेमा प्रकृया थाल्न सकिने बताएका थिए । उनले प्रकृया थाल्नका लागि आफुहरु तयार भएको बातएका छन् ।

Post Add 1025X115
Loading...