बी एण्ड आर यू–१९ खेल्ने नेपाली टिमलाई विदाई, टिम आजनै चीन प्रस्थान गर्ने

0

चीनको साङघाइमा हुने बी एण्ड आर अन्डर नाइन्टिन महिला क्रिकेट कप खेल्ने नेपाली टिमलाई विदाई गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेल लगायतले विदाई गरे । कात्तिक २५ देखी ३० सम्म हुने प्रतियोगितामा नेपाल सहित चीन, साउदी अरेयिबा , मलेसिया, म्यानमार र थाइल्यान्ड सहभागी छन । नेपालले आफ्नो पहिलो खेल २८ गते थाइल्यान्ड संग खेल्नेछ ।

नेपाली टिम आज अपरान्ह नै  चीन प्रस्थान गर्नेछ । नेपाली टिमको कप्तान डली भट्टलाई नियुक्त गरिएको छ । सिनियर टिममा खेलिसकेकी कविता कुँवर उपकप्तानको भुमिकामा छिन् । टिममा कृतिका मरासिनी, इश्वरी बिष्ट, यसोदा बिष्ट, रुवि पोदार, राजमती ऐरी, लक्ष्मी सावद, खुशी डंगोल छन् । यस्तै ज्योती दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजबंशी, गोमा आले, र श्रृष्टि पौडेल पनि अन्तिम १४ मा परेका छन् । पेमा लिम्बु शेर्पा , हेलिसा लामा गुरुङ र मनिषा राना बैकल्पिक खेलाडीमा रुपमा छन् ।

नेपाली टिमलाई कलाम अलिले प्रशिक्षण दिइरहेका छन् ।

Post Add 1025X115
Loading...