म आफ्नो पुरै करियर बार्सिलोनामा बिताउन चहान्छु-अन्सु फाती

0

बार्सलोनाका राइजिङ स्टार अन्सु फातीले आफ्नो पुरै करियर बार्सिलोनामा बिताउन चाहेको बताएका छन् ।

केही समयअघि बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका फातिले आफ्नो डेब्यु खेलमै बार्सिलोनाका लागि गोल गर्दै बार्सिलोनाको इतिहासमा सभैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रुपमा आफुलाई स्थापित गरेका थिए ।

अन्सु फातीले ओसासुनाबिरुद्ध आफुले गरेको गोल आफ्नो सपना भएको र त्ये भन्दा पहिले सिनियर टिमबाट आफुले त्यस्तो गर्न सक्ने अपेक्षा नगरेको बताएका छन् ।

‘मैले हरेक समय बार्सिलोनाको सिनियर टिमबाट खेल्ने सपना देखेको थिए र त्यो सपना पुरा भएकोमा म आफै चकित छु’ फातीले भने ।

‘कसैले नि त्यो कुराको विश्वास गर्न तयार थिएनन् । म स्वयं पनि एकदमै अचम्ममा परेको थिए । मैले बार्सिलोनामा रहेर आफ्नो करियरको राम्रो शुरुवात गरेको छु र म आफ्नो पुरै करियर बार्सिलोनामै बिताउन चहान्छु’ अन्सुले भने ।

फातिले केही समयअघि बार्सिलोनाका स्टार खेलाडी मेस्सी र स्वारेजसँग पनि खेल खेलिसकेका छन् । साथै अन्सुले आफुले खेलमा सुधार गर्दै आइरहेको र टिममेट्सहरुले सहयोग र हौसला दिएको पनि बताएका छन् ।

अन्सुले फातीले आफु बार्सिलोनामा खुसि रहेको र आफ्नो करियरको अन्त्य पनि बार्सिलोनाम रहेर गर्ने योजना बनाएको बताएका थिए ।

Post Add 1025X115
Loading...