चार वर्षपछि क्यानले गर्‍याे खेलाडी विदाई

0

भारतको हैदराबादमा हुन लागेको यू-१९ च्यालेन्जर सिरिज  खेल्ने नेपाली टिमलाई विदाई गरिएको छ ।

आउँदो साेमबारदेखि शुरु हुने प्रतियोगितामा सहभागि हुने नेपाली टिमलाई काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेल, आईसीसीका नेपाल म्यानेजर रौनक मल्ल लगायतले विदाई गरे ।

पछिल्लो चार वर्षमा नेपाली क्रिकेट टिम विदेश खेल्न जाँदा क्रिकेट संघका पदाधिकारीले विदाई गरेको पहिलो पटक हो ।

प्रतियोगितामा भारतको तीनवटा टिम र नेपालको ए टिम गरी चार टिमको सहभागिता रहेको छ ।

रित गौतमको कप्तानीमा रहेको टोली भोलि भारतको हैदरावाद प्रस्थान गर्नेछ । प्रतियोगिता हैदरावादमा सोमबारबाट सुरू हुँदैछ ।

प्रतियोगितामा भारतका रेड, ब्लू र एल्लो गरी तीन टिम खेल्नेछन् । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

भारतका तीन र नेपाल सम्मिलित प्रतियोगितामा नेपालले पहिलो खेल भारत एल्लोसँग खेल्नेछ । नाेभेम्बर ११ तारिखमा हुनेछ । दोस्रो खेल  १३ तारिखमा नेपालले भारतको रेड टिमसँग खेल्नेछ भने १५ तारिखमा निलो टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल ए  टिमले एमसीसी विरुद्ध पनि खेलेकाे थियाे जुन खेलमा नेपाल ३८ रनले पराजित भएको थियाे ।

रित गौतमको कप्तानीमा रहेको टोलीमा लोकेश बहादुर बम, त्रित राज दास, विशाल विक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सुर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी
र गौतम केसी रहेका छन् ।

Post Add 1025X115
Loading...