बंगलादेशविरुद्धको टी २० मा भारत ८ विकेटले विजयी

0

काठमाडौं, २१ कात्तिक । बंगलादेशविरुद्धको दोस्रो टी २० क्रिकेटमा भारत ड विकेटले बिजयी भएको छ । भारतको जीतसँगै सिरिजमा भारतले १–१ को बराबरीमा ल्याउन सफल भयो ।

पहिलो टी २० मा भारत पराजित भएको थियो । राजकोटमा पाहुना टोली बंगलादेशले दिएको १५४ रनको लक्ष्य भारतले २ विकेट गुमाएर २६ बल बाँकी छँदै पुरा गरेको थियो । भारतको जीतमा कप्तान रोहित शर्मा र शिखर धवनले उत्कृष्ट पारि खेले ।

रोहित र शिखरले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए । रोहित ८५ रनमा आउट हुँदा शिखर धवन ३१ रनमा पेभेलियन फर्किए ।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । बंगलादेशले शुरुआत भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेको बंगलादेशका लागि मोहम्मद नहिमले ३६ तथा लिन्टन दासले २९ रन बनाए ।

यसैगरी कप्तान मोहमदुल्लाह र सौम्य सरकारले ३०–३० रन बनाए । भारतको युजबेन्द्र चहलले दुई विकेट लिए ।

Post Add 1025X115
Loading...