दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकका लागि श्रीलंका र पाकिस्तानका पदाधिकारी नेपालमा

0

नेपालमा आयोजना हुँने दक्षिण एशियाली खेलकुद सागका बारेमा शनिबार र आइतबार बस्ने दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकका लागि विदेशी पदाधिकारी नेपाल आउने क्रम सुरु भएको छ ।

जसमा आज श्रीलंका र पाकिस्तानका पदाधिकारी नेपाल आइपुगेका छन ।

शनिबार हुने बैठकका लागि आज श्रीलंकाका २ जना र पाकिस्तानका एक जना पदाधिकारी नेपाल आइपुगेका हुन । बाँकि देशका पदाधिकारी शुक्रबार नेपाल आउने बताइएको छ ।

बैठकमा साग आयोजनाका लागि नेपालले आफ्नो प्रिजेनटेसन गर्नेछ । यसका साथै अफगानिस्तानले प्रस्ताव गरेको साग खेल्ने बारेमा पनि निर्णय हुनेछ । यतिमात्र होइन, सो बैठकले नेपालको पुर्वाधारको पनि निरिक्षण गर्ने बताइएको छ ।

Post Add 1025X115
Loading...