एभिसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिप खेल्न नेपाली टिम बंगलादेशमा

0

बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिप खेल्न नेपाल महिला टिम ढाका पुगेको छ ।

टिममा १२ खेलाडी रहेका छन । यस्तै प्रशिक्षकमा जगदिश भट्ट छन । नेपालले १० नोभेम्बर आइतबारका दिन माल्दिभ्ससँग खेल्नेछ । यसअघि पनि नेपालले माल्दिम्सलाई हराइसकेको छ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी अफगानिस्तान रहेको छ । यो खेल सोमबार १२ तारिखमा हुनेछ । यस्तै तेस्रो खेलमा नेपालले उपाधिको दावेदार टिम किर्गिस्तानको सामना गर्नेछ । यो खेल मंगलबार १२ नोभेम्बरमा हुनेछ ।

लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

नेपाली टिम

प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ

Post Add 1025X115
Loading...