एकदिवसीय क्रिकेटमा अफगानिस्तानविरुद्ध वेस्टइण्डिजको सहज जीत

0

एजेन्सी, २० कात्तिक । अफगानिस्तानविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा वेस्टइण्डिज विजयी भएको छ ।

अफगानिस्तानको होम ग्राउण्ड भारतको लखनऊमा आज भएको एक दिवसीय क्रिकेटमा वेस्टइण्डिज ७ विकेटले विजयी भएको हो । अफगानिस्तानले दिएको १९४ रनको लक्ष्य वेस्टइण्डिजले ३ विकेट गुमाएर ४६.३ ओभरमा पुरा गरेको थियो ।

वेस्टइण्डिजको जीतमा रोस्टन चेजले ९४ तथा साइ होपले ७६ रनको अविजित पारि खेलेका थिए । अफगानिस्तानका मुजिबुर रहेमानले २ विकटे लिए ।
पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४५.२ ओभरमा सवै विकेट गुमाउँदै १९४ रन मात्रै जोड्न सकेको थियो । रहेमत साहले ६१ तथा इकरम अलखिलले ५८ रन जोडेका थिए । वेस्टइण्डिजका जेशन होल्डर,रामारियो र रोस्टनले दुई दुई विकेट लिए ।

Post Add 1025X115
Loading...