एएफसी यू-१९ छनाेटः नेपाल पहिलो खेलमा यूएईसँग ४–० ले पराजित

0

एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपाल पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको छ ।

इरानमा जारी खेलको २७ औं मिनेटमा नेपालले पहिलो गोल खायो । नेपालको डिफेन्डसको कमजोरीको फाइदा उठाउँदै यूएईले गोल गर्न सफल भयो । नेपाली गोलकिपर विशाल सुनार अगाढी बढेको अवस्थामा युएईका खेलाडीले मध्य भागबाट गोल गरेका थिए ।

त्यस्तै खेलको ३८ औं मिनेटमा एशा खलफान अल हरसीले गोल गर्दै युएईको अग्रता दोब्बर पारे । उनले नेपाली ४ डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरेका हुन् ।

पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा यूएईले दोस्रो हाफमापनि यूएईले नेपाललाइ दबावमा राख्न सफल भयो । जसमा ८५ औं मिनेटमा खलिफा युसुफले सहज गोल गरे । गोलकिपरले गोलकिक प्रहार गर्दा पाएको बललाई इशा हारासीले अगाडी बढाएका थिए ।

डिबक्स भित्र उनले खलिफालाई पास दिदा नेपाली गोलकिपरले रोक्न सकेनन् । त्यसपछि पनि यूएईले दबाव दिएपनि थप गोल गर्न सकेन । खेलको ९६ औं यूएईले चौथो गोल थप्यो । उसका लागि सब्सिच्युट खेलाडी अब्दुल्ला हामदले गोल गरे । त्यसपछि नेपाल खेलमा फर्कन सकेन र पराजित भयो ।

Post Add 1025X115
Loading...