एमसीसीले नेपालसँगको तीन दिवसीय खेलको पहिलो दिन ३११ रन

0

नेपालविरुद्धको तीन दिवसीय क्रिकेटको पहिलो दिन मेरिलेबोन क्रिकेट क्लब बलियो स्थितीमा पुगेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८७ ओभर सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन बनायो ।  खराब प्रकाशको कारण १० ओभर बाँकि रहदै खेल रोकिदा एमसीसी बलियो देखिएको हो ।

एमसीसीको पारीमा तीन खेलाडीले अर्धशतक बनाए । उसका विल रोड्स ७३ रन बनाए भने विल भान्डेर्सपारले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रन बनाए । त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए ।

बिली गोडलम्यान १० रनमा आउट भए । यासिर अराफाट ३५ रनमा अविजित रहदा एलेक्स थोम्पसन २१ रनमा अविजित छन् ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले २र२ विकेट लिए । अब बिहिबार पुनस् एमसीसीले सुरुवातमा ब्याटिङ गर्ने छन् ।

Post Add 1025X115
Loading...