स्वर्ण जित्ने लक्ष्यमा रहेकाे महिला भलिबल टिमकाे बिदाई

0

बङ्गलादेशमा हुने एभिसी सेन्ट्रल जोन वुमन्स भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलिको बिदाई गरिएको छ ।

पहिलो पटक सेन्ट्रल जोन वुमन्स भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलिको लझ्य स्वर्ण पदकको रहेको छ। तर बिदाई  कार्यक्रम निर्धारीत समय भन्दा झण्डै २ घण्टा ढिलाे सुरू भएकाे थियाे । मुख्य अथिती रमेश सिलवाल ताेकेकाे टाइममा कार्यक्रममा नपुगेपछि २ भागमा गरेर कार्यक्रम गरिएकाे थियाे ।

नेपालले १० नोभेम्बर आइतबारका दिन माल्दिभ्ससँग खेल्नेछ । यसअघि पनि नेपालले माल्दिम्सलाई हराइसकेको छ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी अफगानिस्तान रहेको छ । यो खेल सोमबार १२ तारिखमा हुनेछ । यस्तै तेस्रो खेलमा नेपालले उपाधिको दावेदार टिम किर्गिस्तानको सामना गर्नेछ । यो खेल मंगलबार १२ नोभेम्बरमा हुनेछ ।

लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । यसपटक उपाधिको दावेदार टिमका रुपमा रहेको नेपालले यस प्रतियोगिताका लागि आजै खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसमा नेपाल भलिबल संघले १२ खेलाडी छनोट गरेको थियो ।

एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्किमिनिस्तान,  अफगानिस्तानले  खेल्ने छन् यो प्रतियोगितालाई नेपालले मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा पनि लिइएको छ । नेपाली टिम भोलि ब‌ंगलादेश जाने छ।

नेपाली टिम

प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ

Post Add 1025X115
Loading...