एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले आज पहिलो खेलमा बलियो टिम यूएईसँग खेल्दैछ ।
इरानको पीएएस स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पाँच बजेबाट सुरु हुनेछ । प्रतियोगिताका लागि नेपाली टिम सोमबार इरान प्रस्थान गरेको हो ।
नेपाली टिमका प्रशिक्षक मेघराज केसीले युएई टिम बलियो भएपनि आफ्नो तर्फबाट सतप्रतिशत दिने बताए । उनले यो प्रतियोगितामा गुमाउनु पर्ने केहि नभएको बताउँदै यूएई विरुद्ध डटेर खेल्ने बताए ।
नेपाल रहेको समुहमा यूएई, किर्गिस्तान र इरान रहेका छन । समुह शिर्ष स्थानमा रहने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ ।
नेपालले समुहको दोस्रो खेलमा आठ नोभेम्बरमा इरानसँग खेल्नेछ भने अन्तिम खेलमा १० नोभेम्बरमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।