विश्व शारीरिक सुगठनमा ४ खेलाडी सहभागी

0

त्रिहत्तरौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार युएइको फजारिया प्रस्थान गर्दैछ ।

नोभेम्बर ५ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा रामबहादुर दाहाल, ७० केजीमा मरिचमान श्रेष्ठ, १७० सेन्टीमिटर फिजिकमा देवराज पराजुली र १७१ सेन्टीमिटर फिजिकमा औतर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अफिसियलमा नेप्लिज फेडरेसन अफ बडिबिल्डङका संस्थापक अध्यक्ष शिवलाल श्रेष्ठ, महासचिव अजय वज्राचार्य तथा सदस्यद्वय रेणु श्रेष्ठ र केशव नागा रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Post Add 1025X115
Loading...