एपीएफलाई पराजित गर्दै नेपाल पुलिस पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा

0

सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा ५–४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा पुगेकाे हाे । निर्धारित समयमा दुवै टोलीले समान १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट भएकाे थियाे । जसमा पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालको प्रहार गोल गरे भने सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो ।

एपीएफका लागि सुदिप शिख्रकार, नविन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा हरि कार्कीले ३०औँ मिनेटमा पाएको फ्रिकिकमा गोल गरेका हुन् । एपीएफका नविन लामाले गरेको प्रहारमा एपीएफका डिफेन्डर रमेश दंगालको हेड टचमा हरि कार्कीले पनि हेड गोल गरेका हुन् ।

पहिलो हाफमा १–० ले पछि परेको पुलिसले ७५ औँ मिनेटमा सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका पुलिसका भोला सिलवालले गोल गरेर खेललाई बराबरीमा पुर्याए । सन्तोष हेमरमको पासलाई एपीएफका दुई डिफेन्डरलाई बिट गर्दै गाेल गरेका थिए ।  नियमित खेलाडी निरकुमार राईलाई खेलको ४६औँ मिनेटमा परिवर्तन गर्दै भोला मैदान प्रवेश गरेका थिए ।

पुलिसले पहिलो खेलमा झापा ११ लाई २–१ गोलअन्तरमा पराजित गरेर  र एपीएफ बाइमा परेर सोझै क्वाटरफाइनल खेलमा प्रवेश गरेका हुन टो।

१० वटा टिम सहभागी गोल्डकपमा बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच हुनेछ ।

Post Add 1025X115
Loading...