वुमन्स सेन्ट्रल जाेनमा नेपालले पहिलाे खेल माल्दिभ्ससँग खेल्ने (खेल तालिकासहित)

0

बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा माल्दिभ्ससँग खेल्नेछ ।

प्रतियोगिताको आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले १० नोभेम्बर आइतबारका दिन माल्दिभ्ससँग खेल्नेछ । यसअघि पनि नेपालले माल्दिम्सलाई हराइसकेको छ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी अफगानिस्तान रहेको छ । यो खेल सोमबार १२ तारिखमा हुनेछ । यस्तै तेस्रो खेलमा नेपालले उपाधिको दावेदार टिम किर्गिस्तानको सामना गर्नेछ । यो खेल मंगलबार १२ नोभेम्बरमा हुनेछ ।

लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । यसपटक उपाधिको दावेदार टिमका रुपमा रहेको नेपालले यस प्रतियोगिताका लागि आजै खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसमा नेपाल भलिबल संघले १२ खेलाडी छनोट गरेको थियो ।

एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्किमिनिस्तान,  अफगानिस्तानले  खेल्ने छन् यो प्रतियोगितालाई नेपालले मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा पनि लिइएको छ । नेपाली टिम विहीबार ब‌ंगलादेश जाने छ।

 

Post Add 1025X115
Loading...