ए डिभिजन लिगका लागि फ्रेन्ड्सले भित्र्यायाे ब्राजिलियन खेलाडी

0

अखिल नेपाल फुटबल संघको आयोजनामा मंसिरमा हुन लागेको ए डिभिजन लिगका लागि फ्रेन्ड्स क्लवले तीन जना ब्राजिलियन फुटबलर भित्र्याएको छ ।

नयाँ लिगका लागि फ्रेन्डसले विदेशी खेलाडीका रुपमा यसपटक ब्राजिलका खेलाडीलाई नेपाल ल्याएको हो । नेपाली लिग फुटबलमा प्राय समय अफ्रिकन खेलाडीको बाहुल्यता हुने गरेकोमा फ्रेन्ड्सले पहिलो पटक ब्राजिलबाट खेलाडी झिकाएको छ ।

ब्राजिलबाट आउने खेलाडीमा फिलिप डी सोउजा, साउलो ठडी अक्विनो र वाग्नोर डी कार्मा रहेका छन ।

तीनै खेलाडी आज नेपाल आइपुगेका छन । उनीहरुलाई क्लवका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । तीन खेलाडी एकेडेमीबाट खेल्दै आएका खेलाडी रहेको बताइएको छ । लिग मंसिर १२ गतेबाट हुनेछ । यस्तै राष्ट्रिय लिगमा एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट चार टिम सहिद स्मारक ए डिभजिन लिगको उत्कृष्ट ६ टिमको विचमा प्रतिस्पर्धा गराइनेछ । जुन यहि बर्ष गराइने एन्फाले निर्णय गरेको छ ।

Post Add 1025X115
Loading...