युवा फुटबलर राईको सहयोगमा राेहितकाे सहयाेग

0

चोटका कारण हाल उपचारका क्रममा रहेका युवा फुटबलर प्रज्वल राईको सहयोगमा विभिन्न फुटबलरहरुले आर्थिक सहयोग गरेका छन । जसमा बर्तमान तथा पूर्व फुटबलहरु रहेका छन ।

सुनसरीमा फुटबल खेलिरहेका बेला फ्याक्चर हुँदा उनी हाल अस्पतालमा उपचार गराइहेका छन । धरान एफसी बाट खेलेका उनले हट्टीमा गम्भिर चोट लागेको र सल्यक्रिया गर्नुपर्ने डाक्टरले बताएका छन ।

उनको उपचारमा परिवारले २ लाख भन्दा बढि खर्च गरिसकेपनि अझैपनि थप रकम चाहिने भएको छ । जसका लागि फुटबल सम्बन्धी वेबसाइट गोलनेपालले उनको सहयोगमा रकम संकलन सुरु गरेको छ । जसमा विभिन्न फुटबलरहरुले सहयोग गरेका छन ।

यस्तैमा रोहित चन्दका दाई रविन चन्दले रोहितको फाउन्डेसनको नाममा १० हजार रुपैयाँ सहयोग गरेका छन । यस्तै नेपाल पुलिसका प्रशिक्षक अनन्त तामाङले ५ हजार, बर्तमान राईले ५ हजार, धरान फुटबल टिमका प्रशिक्षक सागर घिमिरेले तीन हजार सहयोग गरेका छन । यसका साथै अरु ब्यक्तिहरुले पनि उनको सहयोगमा रकम दिएका छन ।

Post Add 1025X115
Loading...