एभीसी सेन्ट्रल जोन खेल्ने नेपाली महिला टिमको घोषणा

1

नेपाल भलिबल संघले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्ने टोलीको घोषणा गरेको छ ।

थाइल्याण्डमा  गरेकाे वैदेशिक प्रशिक्षणका आधारमा १८ खेलाडीमध्ये १२ जनाले बंगलादेशमा हुने सेनट्रल जाेनकाे टिममा परेका हुन् ।

नेपाली टिममा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।

अरुणा शाहीलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

थाइल्याण्डका महिला टोलीले ७ वटा मैत्रिपूर्ण म्याच खेलेको थियो । जसमा नेपालले चारवटामा जीत र तीन वटामा हार ब्यहोरेको थियो ।

एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्किमिनिस्तान,  अफगानिस्तानले  खेल्ने छन् यो प्रतियोगितालाई नेपालले मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा पनि लिइएको छ । नेपाली टिम विहीबार ब‌ंगलादेश जाने छ।

Post Add 1025X115
Loading...