पहिलाे श्रेणीकाे क्रिकेटमा नेपाली टिमकाे परीक्षा, सन्दिप पनि खेल्ने तयारीमा

0

करीव डेढ दशकपछि नेपाली त्रिकेट टिमले घरेलु मैदानमा पहिलो श्रेणीकाे क्रिकेट प्रतियोगिता खेल्दैछ । सेतो ड्रेस र रातो जर्सीमा नेपाली क्रिकेट टिमले २००५ पछि पहिलो पटक कीर्तिपुर मैदानमा पहिलो श्रेणीको तीन दिवसिय क्रिकेट खेल खेल्न लागेको हो ।

सो बेला यूएई विरुद्ध जित निकालेको नेपालले सन् २००६ पछि यो फरम्याटको खेल खेलेको छैन । सो बेला र अहिले नेपाली टिममा ९० प्रतिशत खेलाडी परिवर्तन भइसकेका छन । हाल टिममा रहेका अनुभवी खेलाडीमा ज्ञानेन्द्र मल्ल र शरद भेषावकर बाहेक अरु खेलाडीलाई यो खेलको अनुभव छैन ।

पहिलो पटक औपचारिक रुपमा टिमको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लका लागि पनि यो तीन दिवसिय सिरीज चुनौती नै रहेको छ । छोटो फरम्याटमा अभ्यस्त रहेको खेलाडीले यो खेलमा कस्तो प्रदर्शन गर्लान भन्दापनि टिमको सेटअप कस्तो होला भन्ने पनि कौतुहल रहेको छ ।

यो खेलमा लेग स्पिनर सन्दिप लामिछानेपनि खेल्ने बताएका छन । उनले एमसीसी विरुद्धको एकदिवसिय खेल खेलेका थिएनन् । टिममा रहेपनि उनले अन्तिम समयमा नखेल्ने निर्णय गरेका थिए ।

तर तीन दिवसिय खेलमा भने आफु टिममा रहने उनले बताए । तीन दिनसम्म चल्ने यो खेलले खेलाडीको धैर्यताका साथै कतिको डट्न सक्छन भन्ने देखाउनेछ ।

Post Add 1025X115
Loading...