सिक्किम पुर्वाञ्चल गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश

0

भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको पहिलो क्वाटरफाइन खेलमा मोरङकाे बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा प्रवेश गर्याे ।

उसले एक गाेलले पछि परेकाे अवस्थामा कमब्याक गरेकाे हाे । खेलको पहिलाे मिनेटमै किरण लिम्बूकाे गोलमा बेलबारीले अग्रता बनाएकाे थियाे । पहिलो हाफमा लय नसमाएको सिक्किमले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दा तीन गोल गर्न सफल रह्यो । सिक्किमका लागि दोस्रो हाफको १९औँ मिनेटमा रोहन राईले गोल गरेर खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै उनले गाेल गर्दै खेल दुइ एककाे अवस्थामा पुर्याए ।

६७ औँ मिनेटमा वान टच बललाई भुषणले गाेल गर्न सफल भए । उनकाे प्रहारलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाउन सकेनन् । तर खेलकाे अन्तिममा करण राईले गाेल गर्दै टिमलाइ सेमिफाइनलमा पुर्याए । गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । मंगलबार नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँग भिड्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।

Post Add 1025X115
Loading...