१७ ओभरमा नेपाल यु १९ को १०० रन पुरा, कप्तान ऋत गौतम अर्धशतक नजिक (स्कोर कार्डसहित)

0

एमसीसीले दिएकाे ३३५ रनको विशाल योगफलको चुनौती पच्छ्याएको नेपालको यु १९ टिमले राम्रो शुरुआत गरेको छ । दुई विकेट चाँडै गुमाएको नेपालका लागि कप्तान ऋत गौतमले रित पुर्याएर ब्याटिङ गरिरहेका छन् ।

उनी अर्धशतक नजिक पुगेका छन् । अब उनलाई अर्धशतक बनाउनका लागि ७ रन आवश्कयक छ । कप्तान गौतमलाई बिशाल केसीले साथ दिइरहेका छन् । ऋतसँगै ओपनिङ आएका लोकेश बम १४ रन बनाएर आउट भए भने खडक बोहोरा २५ रनमा पेभेलियन फर्किएका थिए । नेपालले १७ औं ओभरमा १०० रन पुरा गरेको थियो ।

अहिले १८ ओभरसकिँदा नेपाल यु १९ टिमले २ विकेटको नोक्सानीमा १०८ रन बनाएको छ ।

स्कोर कार्ड हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Add 1025X115
Loading...