अफगानिस्तानलाई सागमा सहभागी गराउने या नगराउने निर्णय २३ गते

0

काठमाडौं, १७ कात्तिक । अफगानिस्तानले नेपालममा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागमा सहभागिता जनाउने प्रयास थालेको छ ।

यसअघि भारतमा भएको १२ औं साग पछि यो स्तरको प्रतियोगितामा सहभागिता नजनाउने घोषणा गरेको थियो । त्यसैका आधारमा नेपालमा मंसिर १५देखि २४ सम्म आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागमा सात देशले मात्रै सहभागीता जनाउने गरि तयारी थालिएकोमा अन्तिम समयमा अफगानिस्तानले पुनः सागमा फर्कने घोषणा गरेको हो । नेपालमा भएको साफ फुटबलसमेत जितिसकेको अफगानिस्तानले त्यस यता साफमा पनि सहभागिता जनाएका थिएन् ।

अफागनस्तिानले सहभागिता जनाउनका लागि आग्रह गरेको पुष्टि गर्दै यस विषयमा औपचारिक निर्णय भने भइनसकेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । उनले भने ‘अफगानिस्तानले सागमा फर्कने इच्छा देखाएको छ, औपचारिक निर्णय भने भइसकेको छैन् ।’

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सीलले पनि अफगानिस्तानलाई सागमा सहभागी गराउन आग्रह गरेको छ । अफगानिस्तानले सागमा मार्शल आर्टसमा सहभागीता खोजेको छ भने नेपालले यसमा सहभागी गराउन सक्ने अवस्था नभएको प्रारम्भिक जवाफ दिएको छ । यस विषयमा २३ गते बस्ने बैठकबाट थप निर्णय हुने ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले नेप्लेजलाई बताए ।

Post Add 1025X115
Loading...