भरत खवास राष्ट्रिय टिमकाे प्रशिक्षणमा फर्किए (भिडियाे सहित)

0

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर भरत खवास पछिल्लो पाँच महिनापछि राष्ट्रिय टिमकाे प्रशिक्षणमा फर्किएका छन ।

नेपाली सेनाका लेफ्टिनेन्ट भरत फ्लाइट डिस्प्याचर र फ्लाइट अपरेसन अफिसर तालिमका लागि गत जेठमा थाइल्याण्ड गएका थिए । भरत अहिले तालिम सकेर नेपाल फर्किका छन् ।

घरेलु मैदानमा हुने कुवेत विरूद्दकाे खेलका लागि टिममा स्थान बनाउने लक्ष्यमा रहेका भरत हाल प्रशिक्षणमा रहेका छन । प्रशिक्षक कालिनले उनी चार महिना भन्दा बढि समय फुटबल बाहिर रहेकाले उनले टिममा स्थान बनाउन आफुलाई प्रमाणित गर्नुपर्ने बताए । भरत अवे मैदानमा नेपालले खेलेका चार वटै खेलमा मैदान बाहिर रहेका थिए ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपालले अब घरेलु मैदानमा चार खेल खेल्न बाँकि रहेको छ ।

Post Add 1025X115
Loading...