लगातारका क्रिकेट प्रतियोगिताले खेलाडीको मानसिक स्वास्थ्यमा समस्या

0

एजेन्सी, १५ कात्तिक । अस्ट्रेलियाका स्टार अलराउण्डर ग्लेन म्याक्सवेलले मानसिक रुपमा अस्वस्थ रहेको भन्दै क्रिकेटबाट अनिश्चित समयका लागि ब्रेक लिएका छन् ।

म्याक्सवेलले मानसिक समस्याका कारण यो कदम उठाउन बाध्य भएको बताएका थिए । पछिल्लो समय क्रिकेटको बदलिँदो प्रारुप र बढीभन्दा बढी टुर्नामेन्टका कारण पनि खेलाडीको स्वास्थ्य समस्या आउने गर्छ । लगातारको टुर्नामेन्टका कारण पनि स्वास्थ्य अवस्था अहिले विश्व क्रिकेटमा चिन्ताको विषय बनेको छ ।

यसै कारण पनि खेलाडीहरु मानसिक थकान र डिप्रेशनले गर्दा क्रिकेट खेलाडीहरुले बीचैमा क्रिकेट छोडेका घटनाहरु पनि सार्वजनिक हुने गरेका छन् ।

१. रयान क्याम्पबेल (अस्ट्रेलिया)

क्रिकेटमा अस्ट्रेलिया बलियो टिम हो । तर खेलाडीको स्वास्थ्यका हिसाबले भने कमजोर मानिन्छ । पश्चिमी अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान रयान क्याम्पबेलले देशका लागि जम्मा २ वटा मात्रै एकदिवसीय क्रिकेट खेले । उनलाई २ वर्ष सम्म डिप्रेशन भएको जनाइएको थियो । २००१ मा रयानले अप्ठेरो महशुस गरेपछि क्रिकेट खेल्न छाडे भने यस्ता विरामी क्रिकेटरलाई मद्दत गर्ने अभियानमा जोडिएका थिए ।

२. मार्कस ट्रेस्कोथिक (इंग्ल्याण्ड)

इंग्ल्याण्डका सफल ओपनर्समा मार्कस ट्रेस्कोथिकलाई लिइन्छ । फर्मलाई देखेर तत्कालिन अवस्थामा उनी पनि डिप्रेसनको शिकार भएका होलान भन्ने अवस्था थिएन । २००६ मा भारत भ्रमणका क्रममा ट्रेस्कोथिक मानसिक स्वास्थ्यको समस्या देखिएको थियो । त्यसपछि फेरि क्रिकेटमा फर्कन धेरै कोशिस गरेका पनि थिए । अन्तिमसम्म प्रयास गर्दा पनि असफल भएपछि उनले क्रिकेटको करियरलाई पूर्णविराम लगाएका थिए ।

३.माइकल यार्डी (इंग्ल्याण्ड)

इंग्ल्याण्डको ससेक्सका अलराउण्डर हुन माइकल यार्डी । उनी टी २० विश्वकप विजेता इंग्ल्याण्डका महत्वपूर्ण सदस्य पनि रहिसकेका खेलाडी हुन्् । उनी बढ्दो तौल र चिडचिडाहटको समस्यामा परेका थिए । जसका कारण उनको फर्म खस्कियो भने टिममा फर्कन असफल रहे । इंग्ल्याण्ड टिमका स्पिन कोच मुश्ताक अहमदले उनको समस्या थाहा पाएपिछ उनलाई क्रिकेटबाट आराम गर्न सल्लाह दिए र उनी फेरि क्रिकेटमा फर्किएनन् ।

४. शेन टेट (अस्ट्रेलिया)

अस्ट्रेलियाका तिव्रगतिका बलर शेन टेट पनि मानिसिक समस्याबाट गुज्रीएका खेलाडी हुन् । १५० कि.मीको रफ्तारमा बलिङ गर्ने टेट मानसिक थकान र डिप्रेशनको सिकार भएका थिए । उनको फर्ममा असर परेपछि उनी टिममा कहिले पर्ने कहिले नपर्ने अवस्थामा पुगे । त्यसपछि क्रिकेटबा ब्रेक लिन पुगेका थिए । पछि उनी सिमित ओभरको क्रिकेटमा मात्रै देखा परेका थिए ।

५.जोनाथन ट्रोट (इंग्ल्याण्ड)

दक्षिण अफ्रिकी मूलका जोनाथन ट्रोट इंग्ल्याण्डबाट खेल्ने खेलाडी हुन् । उनको शानदार फर्म थियो । तर फर्ममा आएको खराबी र मुस्किलले टिममा स्थान बनाउने गरेका ट्रोट त्यसै कारणले डिप्रेसनको सिकार भए । २०१० मा पाकिस्तानविरुद्ध टी २० खेले यता उनी अन्तर्राष्ट्रिय क्रिकेटमा देखा परेका थिएनन् । नेपालले २०१८ मा मेरिलिवोन क्रिकेट क्लब एमसीसीसँग खेल्दा भने एमसीसीबाट खेलेका थिए । उक्त खेलमा नेपालका ज्ञानेन्द्र मल्लको हातबाट ४ रन बनाएका बेला रन आउट भएका थिए ।

Post Add 1025X115
Loading...