भारतमा हुने यू–१९ च्याम्पियनसिपका लागि नेपाली युवा टिमको घोषणा, रितले पाए कप्तानकाे जिम्मेवारी

0

भारतको हैदराबादमा हुने यू–१९ च्यालेञ्जर्स सिरिजमा सहभागिता जनाउने नेपाल यू–१९ ए टिमको घोषणा गरिएको छ ।

प्रतियोगिता कात्तिक २५ गतेदेखि सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का प्रमुख प्रशिक्षक जगत टमाटा, यू–१९ टिमका प्रशिक्षक विनोद दास र राजु खड्का सम्मेलित छनोट समितिले २० खेलाडी छनोट गरेको हो । रित गौतमको कप्तानीमा रहेको टोलीमा १६ नियमित र चार जना बैकल्पिक खेलाडी छन् ।

प्रतियोगितामा भारतको तीनवटा टिम र नेपालको ए टिम गरी चार टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारतका रेड, ब्लू र एल्लो गरी तीन टिम खेल्नेछन् । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

भारतका तीन र नेपाल सम्मिलित प्रतियोगितामा नेपालले पहिलो खेल भारत पहेलोसँग खेल्नेछ । जुन १० तारिखमा हुनेछ । दोस्रो खेलमा नेपालले भारतको निलाे टिमसँग ११ तारिखमा खेल्नेछ । १३ तारिखमा नेपालले भारतको रेड टिमसँग खेल्नेछ भने १५ तारिखमा निलो टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल ए टिम भनेर भारत जान लागेको युवा टिमले एमसीसी विरुद्ध पनि खेल्नेछ । यू १९ एशिया कप खेलेका खेलाडीमा पवन सराफ, सन्दिप जोरा, रोहित पौडेल, भिम शार्की, आसिफ शेख यो टिममा परेनन् । प्रशिक्षक विनोद दाशले अर्को विश्वकपका लागि टिम तयार पार्ने उदेश्यका साथ यो टिम तयार पारेका हुन । जसमा शेर मल्ल, आकाश चन्द, गौतम केसी,विवेक कुमार यादव,शुर्य तामाङ, अरुन ऐरी, अभिशेख बस्नेत पहिलो पटक टिममा परेका हुन ।

नेपाली टिमको पूरा नामावली यस प्रकार छः

रित गौतम -कप्तान
लोकेश बहादुर बम
त्रित राज दास
विशाल विक्रम केसी
खडक बहादुर बोहरा
अविषेक बस्नेत
हरिबहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सुर्य तामाङ
तिलक राज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिश जिसी
गौतम केसी

बैकल्पिक खेलाडी
दिपक बोहरा
दुर्गेश गुप्ता
निखिल कुमार सिंह
सोनु देवकोटा

Post Add 1025X115
Loading...