तलवारकाे धारमा हिडिरहेकाे क्यानकाे नयाँ कार्यसमिती, चुनाैती नै चुनाैतीकाे पहाड कसरी काट्ला ?

0

नेपाल क्रिकेट संघको नयाँ कार्यसमिती आएदेखि नै नेपाली क्रिकेटको अवस्था, भविष्य, योजना, कार्यान्वयनका पक्षहरु कसरी अगाडी बढ्लान, भताभुंग भएको नेपाली क्रिकेटको संरचनालाई कसरी नयाँ कार्यसमितीले तयार पार्ला, आइसीसीसँग कसरी आफ्नो कार्ययोजना तयार पार्ला लगायतका विभिन्न प्रश्नहरु तेस्रिरहेका छन ।

विगत करिव चार बर्षमा नेतृत्वविहिन भएको क्रिकेट कसरी चलिरहेको थियो, कसले चलाईरहेको थियो, आइसीसीले कसरी नेपाललाई हातमा लिइरहेको थियो भन्ने कुराहरु बुझ्न नै अहिलेको कार्यसमितीको टाउको दुखाई बनेको छ ।

क्रिकेटको विकाश गर्नका लागि नै टिम आएको हो भनेर नयाँ कार्यसमितीले भनिरहदा करिव एक महिनामा नै पदाधिकारीहरु एकपछि अर्को रुपमा सरप्राइज हुन थालेको महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन ।

चुनावपछि नै क्यानलाई अगाडी बढ्न सजिलो छैन, भन्ने भनाई पदाधिकारीले भनिरहँदा अहिले उनीहरुले सोचेको भन्दा झन चुनौती नेपाल क्रिकेट संघलार्ई रहेछ भन्ने पदाधिकारीले बुझ्न थालेका छन ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलसँग अबको ब्यवस्थापन, कार्ययोजनामा कतिको चुनौती छ त भन्ने प्रश्नमा उनले स्पष्ट रुपमा भने– ‘चुनौतीपुर्ण छ, स्पष्ट भाषामा भन्छु निकै चुनौतीपुर्ण छ, हुनत अहिले धेरै मानिसहरु क्रिकेट संघलाई पुर्नजागर गर्ने भन्दापनि क्रिकेटको कुरामा बढि इच्छुक छन, तर क्रिकेटलाई अगाडी बढाउनलाई पनि संघको अफिस र स्थापना हुनुपर्यो नी ।’

‘विगत तीन चार, साढे चार बर्षको अवधिमा गर्भनिङ बडीको हिसावले क्यान जुन लथालिंग अवस्थामा थियो, अझ भनौ क्यान नै थिएन, सो समयमा कसले कुन बेला के गरिहेको थियो भन्नेको लेखा जोखा नै नभएको स्थिती छ, अहिले हामी आश्चार्यमा छौ, प्रतियोगिताहरु भए, त्यसको कहाँ के भयो भन्ने रेकर्ड केहिपनि छैन, कतिपय ठाँउमा गेटमनि उठाइयो, त्यो हिसाव कहाँ कसले राखेको छ भन्ने थाहा छैन, यो विचमा आइसीसीको नामका कति फन्ड आयो, त्यसको हिसावकिताव कसले गरेको छ, केहि अत्तोपत्तो छैन, कहाँ कसरी कसले चलायो त्यो लेखाजोखा छैन ।’

क्यानलाई तत्कालका लागि ठुलो चुनौती आइसीसीलाई पठाउने अडिट रिपोर्ट छ, विगत तीन चार बर्षको अडिट रिपोर्छ तत्काल बुझाउनुपर्ने अवस्था छ । अब केहि पनि गरेको छैन, भने त्यो अडिट रिपोर्टमा के राख्ने त्यसमा हामी रनभुल्ल छौ ।’

‘यो विचमा नियमकारी निकाय नहुँदा क्रिकेटमा जहाँ जसले जे गरेपनि हुन्छ भन्ने अवस्था आयो, पक्कैपनि निकै ठुलो चुनौती छ नयाँ कार्यसमितीलाई, धेरै पक्षहरुलाई हेर्नुपर्नेछ, जस्तै खेलाडीको सम्झौता, खेलाडीको सम्झौता कहाँ के भइरहेको छ, त्यसको अवस्था के छ, अफिस स्टाफको तलवको कुरा लथालिंग छ, पुर्वाधारको न्युनतम ब्यवस्थापन लथालिंग भएको छ, जिल्ला र प्रदेशको कुरै नगरौ ।’

‘त्यसैले यो तीन चार बर्षमा क्यानले गर्ने काम कसले गरिहरेको हो, कुन काम कता पुगेको छ, राष्ट्रिय खेलकुद परिषद्ले के गर्यो, सरकारले के गर्यो, आइसीसीले के गरिरहेको हो, आइसीसीले आफ्ना मातहतका अन्य ब्यवस्थापन गर्ने ब्यक्तिबाट के के कसरी गराएको हो, त्यो लेखाजोखा का छ, डकुमेन्टेसन कहाँ छ, हिसावकिताव कसले राखेको छ, यस्ता धेरै कुराहरु हामीले हेर्नुपर्ने अवस्था छ । त्यसैले अहिले क्यानलाई धेरै चुनौती छ, तर पनि क्रिकेट संघ परिपक्क नभइ क्रिकेट अगाडी जान सक्दैन, संघ पनि अगाडी जान सक्दैछ, त्यसैले सबैलाई ब्यवस्थापन गर्न क्यान पछि हट्दैन ।’

यसअघि पनि यहि कार्यसमितीका अधिकांश पदाधिकारी क्यानमा रहेका थिए । सो बेलापनि क्यानको बैठकमा नै हानाहान, हातहालाहाल, विवाद भएको धेरै कुराहरु बाहिर आएका थिए । गुट उपगुट बन्ने, एकले अर्काको भनेको नमान्ने, आफुले मनचाही बाहिर बोल्दै हिड्ने, एकले अर्कालाई होच्याउने जस्ता काम नभएका होइनन्, फेरीपनि त्यो अवस्था अहिलेको कार्यसमितीमा समय वित्दैजाँदा नहोला भन्ने अवस्था छैन ।

यसमा महासचिवले भने–’पहिलेको गल्तिबाट सिक्ने कुरा हो, क्रिकेट विकाशका लागि नै अहिले टिम आएको छ । पहिले देखि नै क्रिकेट बचाउन हाम्रो संघर्ष हो, टिममा मतभेद भन्ने दुई चारवटा कुरामा होला नहोला भन्न सकिन्न, तर त्यसलाई क्रिकेट संघ भित्र नै सल्ट्याएर हामी अगाडी बढ्छौ, र त्यो गर्नुपनि पर्छ ।’

चुनौतीमात्र होइन, नेपाली क्रिकेटको मार्गनिर्देशन उत्कृष्ट ढंगले गर्छो भनेर आएको यो कार्यसमिती यतिबेला तलवारको धारमा हिडिरहेको छ । एकातिर आइसीसीको पेलान, अर्को तिर कार्यालय ब्यवस्थापन, खेलाडीको सुविधा, पुर्वाधार ब्यवस्थापन, घरेलु प्रतियोगिता सुचारु जस्ता विभिन्न पक्षले दबिरहेको छ । यसलाई कसरी निकास निकालेर माथि उठ्ने हो त्यो ठुलो चासोको विषय बनेको छ, क्रिकेट शुभचिन्तकलाई ।

Post Add 1025X115
Loading...