क्यानले फ्रेन्चाइजी लिगका लागि मापदण्ड बनाउँदै, के कस्ताे कुरा हुन्छ नियममा ?

0

करिव चार बर्ष नेतृत्वविहिन अवस्थामा नेपाली क्रिकेट हुँदा निजी क्षेत्रको लगानीमा नेपालमा तीन ठुला फ्रेन्चाइजी लिगहरु आयोजना भए । निकै लामो समयको पर्खाईपछि नेपाल क्रिकेट संघको नयाँ कार्यसमिती आएलगत्तै क्रिकेट बजारमा हाल आयोजना हुने फ्रेन्चाइजी लिगहरु के हुन्छन, तिनीहरु नियमित हुन्छन की हुँदैनन्, क्यानले के गर्ने हो भन्ने प्रश्न नयाँ कार्यसमिती आएको पहिलो दिन देखि नै उब्जिएका छन ।

नेपाल क्रिकेट संघको नयाँ कार्यसमितीको पहिलो बोर्ड बैठकमा पनि यो कुरामा छलफल भएको थियो, जसमा क्यानले प्रतियोगिता समन्वय समितीपनि गठन गरेको छ । क्यानका महासचिवले नेप्लेजसँग कुरा गर्दै नेपाल आयोजना हुने जतिपनि फ्रेन्चाइजी लिगहरु छन, उनीहरुलाई मापदण्डमा ल्याउने तयारी भएको बताए ।

महासचिव प्याकुरेलले भने–’कतिपय साथीहरुले अब क्यान आयो यो बन्द हुन्छ भन्ने किसिमले पनि सोध्नुभयो, हामीले यसलाई बन्द हुनुपर्छ भनेका पछि छैन, यो ठिक होइन भनेका पछि छैन, यो जे हुँदैछ ठिक छ पनि भनेका छैनौ, हाम्रो स्पष्ट धारणा के हो भने यस्ता फ्रन्चाइजी लिगहरु खास गरी क्यान नभएको अवस्थामा जे जति सहयोग गर्नुभयो त्यो स्विकार्य छ’ उनले बताए ।

उनले थपे– ‘अब यस्ता फ्रेन्चाइजी लिगहरुलाई कसरी ब्यवस्थापन गर्ने, कसरी चलिरहेका छन, कुन मापदण्ड अनुसार बाध्नुपर्ने हो, कुन नियमावली अन्तर्गत बाध्नुपर्ने हो, संसारमा चलेका अभ्यासहरु के के हुन, आइसीसीका चार्टडहरुले कस्ता चिजलाई स्विकृत गर्छ कस्तालाई गर्दैन, लिग आयोजकले पालना गुर्नपर्ने चिजहरु के हुन, क्यानसँगको समन्वय कस्तो किसिमले जानुपर्यो, यी कुराहरुमा हामी एउटा मापदण्ड र नियम निर्धारण गर्छौ, सबै चिजलाई हेरेर । ती सबै मापदण्डहरु अन्तराष्ट्रिय रुपमा स्विकृत भएको क्यानलाई मान्य भएको हुनुपर्छ । यदि ती मापदण्डहरु पुरा गरेका छन भने ठिक छ, होइन भने त्यो पुरा गरेको हुनुपर्छ ।’

‘जस्तै एन्डी डोपीङ, एन्टी करप्सन, कन्फ्लिक्ट अफ इन्ट्रेन्टका कुराहरु, आइसीसीका चाटर्डमा माग्ने कुराहरु कसरी हेरिरहेका छन, यी सबै कुरालाई राखेर मापदण्ड बनाइनेछ, जसले पालना गर्छ त्यो ठिक छ, होइन भने त्यसलाई सुधार गर्नुपर्छ भन्ने हो ।’

‘फ्रेन्चाइजी लिग भनेको ठुलो कुरा हो, जब क्यान नभएको अवस्थामा जतिपनि फ्रेन्चाइजी लिगहरु उब्जिए, तर उनीहरुको ब्यवस्थापन, आयोजना लगायतका अन्य पक्षहरुलाई नियममा बाध्न आवश्यक रहेको छ ।’

नेपालमा विदेशी खेलाडीलाई समेत समावेश गरेर प्रिमियर लिगहरु भइरहेका छन । जसमा नेपाली खेलाडीका साथै विदेशी खेलाडीलाई पनि समावेश गर्न पाउने नियम छ । तर जतिपनि लिगहरु भइरहेका छन, सबैले आइसीसीको स्विकृती लिएर नै गरेका छन । अब क्यानले कस्तो नयाँ नियमावली बनाउने हो, त्यो भने हेर्न बाँकी छ ।

Post Add 1025X115
Loading...