उड्सले बनाए अर्काे कीर्तिमान

0

पूर्व बिश्व नम्वर एक गल्फर टाइगर उड्सले सर्वाधिक पीजीए गल्फ टुरको उपाधि जित्ने साम स्नेइडको रेकर्ड बराबरी गरेका छन ।

करियरमा ८२ औं पदक जित्ने जित्ने क्रममा उनले आफ्नै देशका सामको रेकर्ड बराबरी गरे । जापानमा जोजो च्याम्पियनसिपमा बाजीमारे पछि उनले यो रेकर्ड बनाएका हुन ।

हाल विश्व बरियतामा १० औं स्थानमा रहेका उड्सले सामले १९६५ मा बनाएको रेकर्डलाई बराबरी गरे । नौ साता अगाडी घुँडाको पाँचौ पटक सल्यक्रिया गरेपनिको उनको यो पाँचौ उपाधि हो । गत अप्रिलमा उड्सले ११ बर्षमा पहिलो मेजर मास्टर्सको उपाधि जितेका थिए ।

Post Add 1025X115
Loading...