रत्नजित चीनमा जारी विश्व गृष्मकालिन खेलकुदकाे क्वाटरफाइनलमा

0

नेपाली सेनाका रत्नजित तामाङ चीनमा जारी विश्व गृष्मकालिन खेलकुद प्रतियोगिताको ब्याटमिन्टनमा पुरुष एकलको क्वाटरफाइनलमा पुगेका छन ।

चनिको उहानमा जारी प्रतियोगितामा नेपालका रत्नजितले फ्रेन्च खेलाडीलाई दुई शुन्यको सोझो सेटमा हराए । उनले फ्रेन्च खेलाडी मन्द्रिन मोउचेतलाई २१–८ र २१–१० को सेटमा पाखा लगाए । त्यसअघि उनले राउण्डअफ ३२ को खेलमा लग्जम्बर्गका रोबेर्ट मानलाई पराजित गरेका थिए ।

पुरुष डबल्समा पनि रत्नजित र नविन श्रेष्ठको जोडीले क्वाटरफायनलमा स्थान बनाए । रत्नजित र नविनको जोडीले उत्तर कोरीयाका किम सी र यु ह को जोडीलाई दुई एकको सेटमा हरायो । रत्नजित र नविनको जोडीले कोरीयालीसँग २१–१८, १८–२१ र २१–१९ को सेटमा पाखा लगाए ।

यस्तै महिला तर्फ अनुमाया राईले फ्रान्सकी सेभ्रिन नाफिललाई दुई शुन्यकै सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन । उनले सभ्रिनलाई २१–१२ र २१–१० को सेटमा हराइन । अब उनले दोसो चरणमा पोल्याण्डकी जोना रुड्नासँग खेल्नेछन ।

Post Add 1025X115
Loading...