तुलसा खत्रीले तोडिन नौ वर्षअघिको रेकर्ड

0

नेपाली सेनाकी तुलसा खत्रीले महिलाको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालिन खेलकुद प्रतियोगितामा उनले नौ वर्ष अघिको कीर्तिमान तोडेकी हुन् । चार सय मिटरको दूरी ५९.५७ सात सेकेण्डमा पूरा गर्दै प्रमिला रिजालले कायम गरेको ५९.९० को कीर्तिमान तोडेकी हुन् ।

एथलेटिक्सकै आज भएको एक सय मिटर दौडमा सरस्वती चौधरीले पनि आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनले एक सय मिटर दौडनका लागि १२.६६ सेकेण्ड लगाइन् ।

Post Add 1025X115
Loading...