मार्दि हिमालको रुटमा गोल्डेन ट्रेल वल्ड सिरिज हुने

0

कास्कीको अन्नपूर्ण सर्किट र मार्दि हिमालको रुटमा आगामी शुक्रबार गोल्डेन ट्रेल वल्र्ड सिरिज हुने भएको छ ।

ट्रेल म्याराथनमा सहभागिता जनाउनका लागि ट्रेल रनिङका विश्व प्रख्यात धावक–धाविकाहरु नेपाल आइपुगिसकेका छन् । ट्रेल म्याराथन विश्व च्याम्पियन किलियन जोर्नेटसँगै २० जना विदेशी र १६० जना धावक–धाविकहरुले प्रतिष्पर्धा गर्नेछन् ।

तीन विदेशी धावकहरु गोल्डेन ट्रेल वल्र्ड सिरिजका फाइनलिस्ट हुन् भने १० जना युरोप र अमेरिकाका माउन्टेन रनिङका शीर्ष १० मा पर्न सफल भएका खेलाडी हुन् ।

सोलोमन कम्पनीको प्रायोजनमा हुन लागेको यो रेसका सहभागिता जनाउने विदेशी खेलाडीले फ्रिडम सोसियल फाउण्डेसनलाई पाँच लाख रुपैंयाँ समेत प्रदान गर्नेछन् ।

यो रकमबाट नेपालका युवाहरुलाई क्यानोनिङ, क्लाइम्बिङ, हाइकिङ, क्याम्पिङ, ब्यक्तित्व विकास र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रशिक्षण दिइनेछ ।

४२ किलोमिटर दूरीको यो म्याराथन लुम्रेबाट सुरु भएर अन्नपुर्ण ट्रेल म्याराथन कोर्स र मार्दि हिमाल ट्रेकिङ रुटमा पनि समेटिनेछ । नेपाली अल्ट्रा धाविका मिरा राईले यो दौडले नेपाल भ्रमण वर्षलाई पनि सहयोग गर्ने बताइन् ।

Post Add 1025X115
Loading...