‘डब्ल्यूसीएलले नयाँ महिला खेलाडीलाई प्रदर्शन गर्ने अवसर दियो’: विनोद दास

0

काठमाडौं, २ कात्तिक । नेपाली महिला क्रिकेट टिम तथा फ्रेन्चाईज टिम पोखरा पल्टनका प्रशिक्षक विनोद दासले जारी वुमन्स च्याम्पियन्स लिग क्रिकेटले महिला क्रिकेटका लागि राम्रो अवसर दिलाएको बताएका छन् ।

एक वर्षजति आफूले महिला क्रिकेट टिममा काम गरेको बताउँदै दासले डब्ल्यूसीएलले नयाँ महिला खेलाडीहरुको क्षमता अभिवृद्धि गर्नका लागि ठूलो भूमिका खेलेको उल्लेख गरे ।

पोखरा पल्टनको प्रशिक्षक समेत रहेका दासले टिमले पाएका अवसर सदुपयोग नगर्दा लगातार तीन खेलमा पराजित भएको स्वीकार गर्दै अर्को सिजनमा राम्रो गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Post Add 1025X115
Loading...