दर्शक, बिदेशी पत्रकार, प्रत्यक्ष प्रशारण र गाेल पनि नभएकाे गाेप्य खेल

0

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत मंगलबार दुई देश विच खेल भयो । तर सो खेल कुन समयमा भयो, कसरी भयो त्यो कसैलाई थाहा भएन, सो खेलको न त प्रत्यक्ष प्रशारण थियो, नत विदेशी पत्रकार नै उपस्थित थिए, अझ भनौ मैदानमा एउटा पनि दर्शक उपस्थित थिएनन् ।

यो खेल हो दक्षिण कोरीया र उत्तर कोरीया विच भएको छनोट खेल । उत्तर कोरीयामा भएको सो खेलमा दक्षिण कोरीयाबाट खेलाडी र अफिसियल बाहेक अरु दुई जना पदाधिकारीलाई मात्र पठाएको थियो । जसले खेलको अपडेट संघमा गरुन भनेर ।

निकै सुरक्षाका विच गोप्य किसिमले गरिएको यो खेलमा किम जोङको सरकारले दक्षिण कोरीयाका एक जना पनि समर्थकलाई हेर्नका लागि उत्तर कोरीयामा अनुमती दिएको थिएन । यतिमात्र होईन, फुटबल इतिहासमा पहिलो पटक खेलेका यी दुई टिममा एक जना पनि विदेशी पत्रकारलाई अनुमती दिइएको थिएन ।

कुनैपनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण नदिइएको यो खेलमा उत्तर कोरीयाले दक्षिणलाई खेलपछि भिडियो टेप दिने सहमती भने दिएको थियो । तर त्योपनि खेलाडी स्वदेश फर्किदामात्र । त्यहिका आधारमा यो खेलका केहि फोटोहरु सार्वजनिक भएका हुन ।

अन्तिममा नतिजापनि दुई टिमले गोलरहित बराबरी खेलेका थिए ।

Post Add 1025X115
Loading...