स्वारेज बिनाकाे उरूग्वेले पेरूसँग बराबरी खेल्याे

0

फिफा अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा उरुग्वेले पेरुसँग बराबरी खेलेको छ । आज (बुधबार) विहान लिमामा भएको खेलमा उरुग्वेले पेरु सँग एक एक गोलको बराबरीमा चित्त बुझायो ।

रोमाञ्चक बनेको खेलमा पेरुले सुरुवाती अग्रता जोगाउन सकेन । खेलको २६ औं मिनेटमा नै उरुग्वे १० खेलाडीमा झरेको थियो । उसका डिफेन्डर जोस सिल्भा रातो कार्ड पाउँदै मैदानबाट बाहिरीएका थिए । जसका फाइदा उठाउँदै खेलको ३४ औं मिनेटमा पेरुले क्रिस्टोफर गोन्जालेसको गोलमा खेलमा अग्रता बनाएको थियो ।

मुख्य स्ट्राइकर लुइस स्वारेज विना नै मैदानमा उत्रिएको उरुग्वे एक गोलले पछि परेको अवस्थामा दुई वटा सुन्दर मौका पाएको थियो पहिलो हाफमा गोल फर्काउन असफल रह्यो ।

उरुग्वे भन्दा बल पोसेसनमा अगाडी रहेको उरुग्वेले ८० औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि नुन्जले गोल गरे । त्यसपछि भने दुबै टिमबाट थप गोल हुन सकेन र दुबैले बराबरी खेले ।

Post Add 1025X115
Loading...