मैत्रीपुर्ण खेलमा डेनमार्क विजयी हुँदा काेलम्बिया पराजित

0

फिफा अन्गर्तत मैत्रीपुर्ण खेलमा डेनमार्कले लक्जेम्बर्गलाई चार शुन्यको भारी अन्तरले हराएको छ ।

गएराति भएको खेलमा डेनमार्कले लक्जेम्बर्गलाई हराउँदा डोलबेर्गले दुई गोल गरे । एकतर्फि जस्तो बनेको खेलको १३ औं मिनेटमा ब्रेथवेटको गोलमा डेनमार्कले अग्रता बनाएको थियो । उनले डोलबर्गको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि २१ औं मिनेटमा डेनमार्कले दोस्रो गोल थप्यो । यसपटक डोलबर्ग आफैले गोल गरे । पहिलो हाफमा दुई शुन्यको अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

यसपटक उसका लागि ५९ औं मिनेटमा डोलबर्गले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि ६७ औं मिनेटमा डेनमार्कले लक्जेम्बर्गको पोष्टमा चौथो गोल थप्यो । उसका लागि गेट्जेरले गोल गरे । यस्तै अर्को खेलमा चिलीले गुयनालाई तीन दुईले हरायो भने कोलम्बो अल्जेरियासँग तीन शुन्यले स्तब्ध भयो ।

अल्जेरीयामा भएको खेलमा कोलम्बिया विरुद्ध सनसनी जित निकाल्ने क्रममा उसका लागि महरेजले दुई गोल गरे । खेलको १५ औं मिनेटमा बोउनीजाले गोल गरे भने २० औं मिनेटमा महरेजले दोस्रो गोल थपे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको अल्जेरियाले ६५ औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि कोलम्बिया खेलमा फर्कन सकेन र पराजित भयो ।

Post Add 1025X115
Loading...