पारसले कप्तानी छाेडेकाेमा पुबुदुकाे यस्ताे प्रतिकृया

0

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानी पद त्यागेको घोषणा गरेपछि सोसियल मिडियामा भाइरल नै भएको छ ।

क्रिकेट निकट ब्यक्तिहरुमात्र होईन नेपाली क्रिकेटका सुभचिन्तकले फेसबुक, ट्विटरमा पारसको यो कदम निकै आश्चार्यजनक भएको प्रतिक्रिया दिएका छन । यस्तैमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दशानायकेले पनि पारसले कप्तान पद छोडेकोमा आश्चार्य ब्यक्त गरेका छन ।

पुबुदुले आफ्नो फेसबुकमा स्टेटस राख्दै पारसले कप्तान पद छोडेको सुन्दा निकै दुख लागेको र उनी स्पष्ट रुपमा मैदान भित्र र बाहिर एउटा उत्कृष्ट कप्तान रहेको लेखेका छन । यसका साथै उनले पारसले अझै केहि बर्ष कप्तानीलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिएका छन ।

तर उनले उनले यो निर्णय गर्नुको पछाडी केहि कारण पक्कै भएको बताउँदै देशका लागि अझै खेलेर नयाँ पुस्तालाई सहयोग गर्नेछन भन्ने आशावादी रहेको प्रतिक्रिया दिएका छन ।

करिव १० बर्ष नेपाली राष्ट्रिय टिमको कप्तानी गरेका पारसले मंगलबार अचानक आफनो सोसियल मिडियामा पद त्यागेको भन्दै स्टेटस राखेका थिए । त्यसपछि उनको यो पोष्ट एकाएक भाइरल भएको थियो । राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय मिडियाले पनि उनको यो खबरलाई निकै चासोका रुपमा समाचार बनाएका थिए ।

Post Add 1025X115
Loading...