विश्वकप छनाेटमा कतार विजयी हुँदा इरान पराजित

0

फिफा विश्वकपको दोस्रो चरणको छनोटमा इरान बहराईनसँग पराजित हुँदा कतारले ओमानलाई हराएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा बहराईले इरानलाई एक शुन्यले हरायो । उसको जितमा एकमात्र गोल मोहम्मद अल हारदेनले पेनाल्टीबाट गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

तर ६५ औं मिनेटमा हारदेनले पेनाल्टीबाट घरेलु मैदानमा बहराईनलाई अग्रता दिलाए । त्यसपछि इरान खेलमा फर्कन सकेन र पराजित भयो । यो जितले बहराईनले सात अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति नै भएको अर्को खेलमा २०२२ को आयोजक राष्ट्र कतारले ओमानमाथि दुई एकको जित दर्ता गरायो । रोमाञ्चक बनेको खेलको दोस्रो मिनेटमा नै अक्रम अफिफको गोलमा कतारले अग्रता बनाएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको कतार विरुद्ध ६५ औं मिनेटमा ओमानले खेल बराबरी गर्न सफल भयो । उसका लागि राबीब अलावी अल मान्धरले गोल गरे । तर ७१ औं मिनेटमा अल्मोइज अलीले गोल गर्दै कतारलाई दुई एकको जित दिलाए ।

यो जितले कतारले समुह चरणमा चार खेलमा १० अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको ओमानको ६ अंक छ ।

Post Add 1025X115
Loading...